गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे, कुन जिल्लामा कति ?

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे, कुन जिल्लामा कति ?

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्ति अनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४० का पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि स्थापना गरिएको उच्चस्तरीय समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सङ्क्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको र यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४५ पुगेको उनले जानकारी दिए । सङ्क्रमितमध्ये १३९ पुरुष र छ महिला छन् । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् ।

स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३५, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीन, तीन तथा लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।रासस

Logo