रूपन्देही ।
रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१० मा गएराति ५ जनाको सामुहिक हत्या भएको छ । हत्यामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या किन भयो भन्ने खुल्न सकेको छैन भने मृतकहरुको पहिचान पनि खुलेको छैन । प्रहरीका अनुसार ४ जनाको एकै ठाउँमा मृत्यु भएको छ भने एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
एउटै समुहका साथीहरु मध्ये झगडा भएर हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा कति जना संलग्न रहेका थिए भन्न पनि खुल्न बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया