कोरोना संक्रमण रोक्न प्रदेशको तयारीदेखि ज्याकद्वारा सहयोगसम्म (भिडियोसहित)

कोरोना संक्रमण रोक्न प्रदेशको तयारीदेखि ज्याकद्वारा सहयोगसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आज पनि हामीले यस्तै ५ समाचार प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचार मध्येविश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको रोकथामका लागि सात वटै प्रदेशले तयारी थालेका छन् । प्रदेशले भाइरसको संक्रमणबाट बच्न सीमानाका बन्द गर्ने, हेल्थडेक्स स्थापनादेखि आइसोलेसन बेड बनाउनेसम्मको तयारी गरेका हुन् ।

कोभिड १९ को सम्भावित संक्रमणबाट जोेगिन सरकारले राजपत्रमा उल्लेखित १७ वटा कार्यालय मात्रै खोल्ने निर्णय गरेको छ । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै अलिबाबा ग्रुपका संस्थापक तथा पूर्व अध्यक्ष ज्याक माले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने घोषणा गरेका छन् । ज्याकले नेपालसहित १० एसियाली मुलुकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने शनिबार ट्वीटर मार्फत् घोषणा गरेका हुन् ।

कोरोना भाइरसको विषयमा अनावश्यक हल्ला फैलाएर आतंक सिर्जना गर्नेलाई प्रहरीले कारबाही गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा गतल अडियो समाग्री शेयर गर्ने  एक युवालाई प्रहरीले कारबाही गरेको हो ।

त्यस्तैगरी विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको बेला काठमाडौंका एकजना घरधनीले तीन महिनाको कोठा भाडा नलिने घोषणा गरेका छन् । मकवानपुरको चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा रहेको आफ्नो घरमा बस्ने चार परिवारलाई तीन महिनाको भाडा नलिने घोषणा गरेका हुन् ।

Logo