प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तेह्रथुमस्थित आठराई पुगेर आफ्नो ६९औं जन्मदिन मनाए । प्रधानमन्त्री ओलीको यो जन्मोत्सव कार्यक्रमलाई राजसीको संज्ञा दिंदै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् ।
आलोचनाको मूख्य कारण हो ४ वटा हेलिकप्टर चार्टर, १५ किलोको केक, सार्वजनिक बिदा र ६ हजार जनालाई भोज । यतिबेला धेरैले ओलीको जन्मोत्सवको खर्च खोजिरहेका रहेका छन् । यही बेला नेपाल सरकारका पूर्वसचिम भीम उपाध्यायले करिव डेढ करोड खर्च भएको अनुमान गरेका छन् ।
उपाध्यायको हिसाव किताव
१. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज)
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ ।
२. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ ।
३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ ।
४. चार वटा हेलिकप्टर खर्च ( कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ ।
५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ ।
६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ ।
उनले कूल खर्च १ करोड ४२ लाख न्युनतम भएकाले सालाखाला करिब डेढ करोड रुपैया खर्च भएको दाबी गरेका छन् । उपाध्यायले व्यंग्यात्मक शैली भनेका छन्- “शुभकामना डेढ करोडवाला जन्मदिनका लागि।”
उनले ओलीको सचिवालयले प्रमको जन्मदिन मनाउदा भएको सबै प्रकारका निजी खर्च, खर्चको श्रोत, सरकारी जिन्सी, नगद तथा जनशक्ति परिचालन गर्दा लागेको कूल खर्च, सुरक्षा खर्च तथा अन्य छुटफुट खर्च र यसमा सौजन्य गर्ने संस्था, ब्यक्ति र तिनको चन्दादाता र त्यो हिसाब निकालेर तुरून्तै सार्वजनिक गर्न पनि माग गरेका छन् ।
यो पनि





























प्रतिक्रिया