पूर्वसचिव कार्कीका कामदार मृत, श्रीमती बेहोस अवस्थामा फेला

पूर्वसचिव कार्कीका कामदार मृत, श्रीमती बेहोस अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने कामदार विजय चौधरी मृत फेला परेका छन् । ललितपूरको सानेपामा रहेको कार्कीको घरमै उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

कामदार झुण्डिएको अवस्थामा फेला परेका छन् भने कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । मुनाको बल्खुस्थित स्टार हस्पिटलमा उपचार भइरहेको छ ।

घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Logo