नेपाल प्रहरी र नेपाल स्काउटबीच समझदारी पत्रमा हस्ताक्षर (भिडियोसहित)

नेपाल प्रहरी र नेपाल स्काउटबीच समझदारी पत्रमा हस्ताक्षर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरी र नेपाल स्काउटबीच (समुदाय प्रहरी साझेदारी) समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सो साझेदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल र नेपाल स्काउट राष्ट्रिय संयोजक प्रमुख लोकबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् ।

स्काउटले विगत ६६ वर्षदेखि सामाजिक कार्यहरु गर्दै आएको छ । विशेषगरी जनतासँग प्रत्यक्ष रुपमा काम गरिरहेको स्काउटले बालबालिका तथा युवाहरुलाई अनुशासित बनाउने, अपराध गर्नबाट रोक्ने कार्यमा आफ्नो सक्रियता बढाएको छ ।

स्काउटमा देशभरबाट ६४ हजार सदस्यहरु प्रत्यक्ष रुपमा सक्रिय छन् । संस्थाले सामाजिक सुरक्षा, शान्ती सुरक्षा, लागूऔषध दुर्व्यसनी न्युनिकरण, बालहिंसा अन्त्य, महिला हिंसा न्युनिकरण तथा युवाहरुका लागि काम गर्दै आएको छ । संस्थाका यस्तै महत्वपूर्ण कार्यहरुमा प्रहरीलाई गर्दै आएको सहयोगको कदर गर्दै नेपाल प्रहरीले स्काउटसँग सहकार्यमा हात अगाडी बढाएको हो ।

सम्झौतापत्रमा अपराध रोकथाम तथा सचेतना मुलक कार्यक्रम गर्ने उल्लेख छ । साथै शहरदेखि गाउँसम्मका प्रत्येक विद्यालयहरुमा स्काउट टोली स्थापना गर्ने, सडक दुर्घटना न्यूनिकरण गराउन विभिन्न कार्यक्रमको आयोजना गर्ने र ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उल्लेख गरिएको छ ।

यस्तै समाजमा हुने महिला हिंसा, यौन हिंसा, बाल हिंसा, दाइजो प्रथा, छाउपडी प्रथा, बाल विवाह बिरुद्धका सामाजिक अपराध न्युनिकरणमा सहयोग गरिने पनि सो सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

Logo