खोटाङमा वडाध्यक्षमाथि कुटपिट

खोटाङमा वडाध्यक्षमाथि कुटपिट

केन्द्रबिन्दु
0
Shares

खोटाङ ।

खोटाङमा वडाध्यक्षमाथि हातपात भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर खत्रीमाथि हातपात भएको हो । काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा आज वडाध्यक्ष खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो ।

काका श्याम मुग्राती र भतिज अर्जुन मुग्रातीबीच लेनदेनको विषयमा विवाद भएको थियो । सो विवाद मिलाउनका लागि छलफल गराउनेक्रममा अर्जुनले वडाध्यक्ष खत्रीमाथि मुक्का हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मादक पदार्थले मातेर आएका अर्जुनले हातपात गरेको वडाध्यक्ष खत्रीले बताए । वडाध्यक्षले सम्झाउन खोज्दा लात्ती र मुड्कीले टेबलमा हान्न थालेपछि बाहिर ठेल्दा सहायक कर्मचारीलाई समेत छातीमा मुक्का लागेको छ। वडाध्यक्षलाई हातपात गर्ने अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Logo