ताप्लेजुङ्ग समाजको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

ताप्लेजुङ्ग समाजको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पौष १९ गते शनिबार धुम्बाराहीस्थित एसआर क्याटरिङ्गमा हुने ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन तथा स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । अधिवेशनमा अध्यक्षको प्रतिबेदन, महासचिवको संगठनिक प्रतिबेदन तथा कार्यप्रगति विवरण साथै कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रस्तावित कुराहरुमा छलफल गरि अधिवेशनमा पेश हुने समाजका महासचिव अग्नि पौडेलले बताएका छन् ।

अधिवेशनलाई भब्य बनाउन समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा बसेको सातौं बैठकले विभिन्न उपसमितिहरु बनाएको थियो ,समाजका संरक्षक पासाङ शेर्पाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती गठन गरेको छ । त्यस्तै उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा नविकरण तथा सुचिकृत विभाग, विधान संसोधन उपसमितीमा युवराज गुरुङ , साँस्कृतिक तथा झाँकी ब्यवस्थापन उपसमिती संयोजकमा याङ्गजोम शेर्पा, मञ्च ब्यवस्थापन उपसमिती संयोजकमा मान थलङ, स्वयंसेवक उपसमितीमा मलिषा यक्सो, प्रचारप्रसार उपसमितीमा तिलप्रसाद लिम्बु, क्याटरिङ्ग व्यबस्थापन उपसमितीमा याम कुमार लिम्बु, लगायतलाई जिम्मेवारी दिइएको उपाध्यक्ष रमेश बरालले जानकारी दिए ।

संस्थाले स्थापनाकालमा ताप्लेजुङ्ग भवन निर्माण, कुम्भकर्ण आपतकालीन कोष स्थापना ,पाथिभरा अक्षय कोष स्थापना, कन्चनजंगा लगानी सहजीकरण समूह निर्माण ,सामाजिक आर्थिक रुपान्तरण कार्यक्रम लगायतका कार्यक्रम घोषणा गरेको थियो। समाजले छोटो अवधिमै विभिन्न महत्वपूर्ण कार्य गर्दै सामाजिक क्षेत्रमा उत्कृष्ट बन्दै आइरहेको छ । ताप्लेजुङ्ग समाजकै आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा २७७ जनाबाट रक्तदान गराउदै देशकै दोश्रो रक्तदाता संस्था बन्न सफल भएको छ। त्यस्तै आफ्नो क्षेत्रका गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रवृति वितरण गर्ने कार्य पनि समाजले सम्पन्न गरेको छ।

विभिन्न पेशा व्यवसायमा आवद्द भई काठमाडौंमा बसोबास गर्ने ताप्लेजुङ्गवासीहरुको साझा संस्थाको रुपमा परिचित ताप्लेजुङ्ग समाज नेपालले आफ्नो पहिलो अधिवेशन आह्वान गरेको छ । सम्पूर्ण ताप्लेजुङ्गवासीहरुको उत्साहको दिन भएकाले एकता, सद्भाव, आत्मियता र भातृत्वको लागि सहभागिता जनाइदिन ताप्लेजुङ्ग समाज नेपाल ले सम्पूर्णमा अनुरोध गरेको छ।

Logo