प्रहरीलाई घुस दिने पक्राउ

प्रहरीलाई घुस दिने पक्राउ

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै आयोगले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वातावरण सहज गरिदिन कलैयामा रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको थियो । यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए । भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ ।

Logo