कालीकाेट । पाँच महिनापछि पानीसँगै परेकाे हिमपातका कारण कालिकोटका किसानहरू खुशी भएका छन् । साउनदेखि लागातार पानी नपरेपछि चिन्तित बनेका थिए । शुक्रबार बिहानैदेखि बर्षा र दिउँसोको हिमपातका कारण हिउँदेबाली लगाउनका लागि सिचाँई नभएका क्षेत्रका कृषक आकाशमा हेरेर बस्ने बाध्यता अन्त्य भएकाे हाे ।
लामाे समय भएकाे खडेरीका कारण कालीकाेटका किसानले गहुँ समेत छर्न पाएका थिएनन्। वर्षाद हुन थालेसँगै पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका लगायतका जिल्लाका अधिकांश क्षेत्रका कृषकहरूले राहतको महसुस गरेका हुन् ।





























प्रतिक्रिया