चितवन,
जङ्गली हात्तीको आक्रमणमा परी चितवनको माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको भएको हो।
इलाका प्रहरी कार्यालय माडीका अनुसार शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो। उनीहरू सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा हात्तीले आक्रमण गरेको थियो।





























प्रतिक्रिया