वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। शनिवार राति ६१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् ।

कलेजोसम्बन्धी समस्याबाट पीडित रहेका उनको केहि दिन अगाडि वीर अस्पतालमा उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज(२४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए।

त्यस्तै उनले लामो समयसम्म पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी कलेजलगायतमा पत्रकारिता विषयको प्रशिक्षणमा समेत सक्रिय थिए।

परिवारमा उनको एक छोरी, श्रीमती र आमा छन्। उनको छोराको केही समय पहिले अमेरिकामा हृदयाघातका कारण निधन भएको थियो ।

Logo