काठमाडौं । प्रहरीले प्रतिबन्धित नेकपा विप्लव समूहले विस्फोटक पदार्थ भण्डार गरेर राखेको गोदाममा छापा मारेको छ । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा मारेको हो ।
गोदामबाट ठूलो मात्रामा बारुदजन्य विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको । जुटको बोरामा लुकाई छिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद गरिएको प्रहरीले जनाएको छ ।
विप्लव समूहले झण्डै २५ किलो विस्फोटक पदार्थ विभिन्न क्षेत्रमा विस्फोटनका लागि त्यहाँ भण्डारण गरेर राखेको थियो । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेका थिए ।





























प्रतिक्रिया