झापामा आगलागी हुँदा एकजनाको मृत्यु

झापामा आगलागी हुँदा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापा । आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान पौने १ बजे कचनकबल गाउँपालिका-१ घेराबारी बस्ने गोबर्धन राजबंशीको एक तले घरमा आगलागी भएको हो।

आगलागी हुँदा जलेर घरधनि राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

भद्रपुर नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा पौने २ बजे आगलागी नियन्त्रणमा लिएको थियो। घर पूर्ण रूपमा जलेर नष्ट भएको डिएसपी थापाले बताए।

Logo