४२ घरघुरी रहेको बस्तीमा जम्मा दुई वटा मात्रै शौचालय !

४२ घरघुरी रहेको बस्तीमा जम्मा दुई वटा मात्रै शौचालय !

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयहरुले शास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्ती भूमिहिन व्यक्तिहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिसहरु भूमिहिन छन् र उनीहरु दैनिक मजदूरी गरेर छाक टार्ने गर्छन् । यो बस्तीमा ४२ घरधुरी रहेका छन् । तर सबै घरका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन् । उनीहरुका लागि हिंड्ने बाटो समेत छैन । जसले गर्दा डडुवा बासीको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

शौचालय र पानीको समस्या अहिलेको मात्र होइन । यो समुदायका मानिसहरुमा आफैं पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन । आर्थिकरुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन । दिनभर काम गरेर साँझ खानु पर्ने यस बस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ ।

डुडुवा बस्तीका मानिसहरु आफैं सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । तर आफैं शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन् ।

Logo