बाँके । प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोली प्रहार गरेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर ल्याउँदै थियो । नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै पुगेर न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेका थिए ।
मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए । बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
२०६८ सालमा युएनको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई अदालतले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकेको थियो । तर उनीहरु फरार थिए ।





























प्रतिक्रिया