रविकी पूर्वपत्नीको स्टाटस- ‘मान्छेको चपाउने र देखाउने दाँत फरक हुन्छ भन्थे !’

रविकी पूर्वपत्नीको स्टाटस- ‘मान्छेको चपाउने र देखाउने दाँत फरक हुन्छ भन्थे !’

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पूर्वपत्नी ईशा लामिछानेले व्यंग्यात्मक स्टाटस पोष्ट गरेकी छन्।

उनले मान्छेको चपाउने र देखाउने दाँत फरक हुन्छ भन्थे भन्दै लेखेकी छन्, ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ उनले स्टाटसमा कसैको नाम उल्लेख नगरेपनि विवादमा तानिएका पूर्वपति रवि लामिछानेलाई इंगित गरिएको बुझ्न भने गाह्रो छैन।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा भएका थिए । रिहा भएलगतै चितवनमा आयोजित धन्यवाद सभा बोल्दै लामिछानेले आफू सदैव पत्रकारितामार्फत आवाजविहिनहरुको आवाज बोल्ने बताएका थिए।

रवि र ईशाबीच केही महिनाअघि मात्रै सम्बन्ध विच्छेद भएको थियो ।

Logo