रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस सुरू

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस सुरू

केन्द्रबिन्दु
0
Shares

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दर्ता गराएको हो ।

चितवन प्रहरीले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

मुद्दा पेश गरिएसँगै उनीहरूको बयानको क्रम सुरु भएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अदालतमा अब थुनछेक बहस हुनेछ । बहसपछि अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना मागसहित अदालतमा मुद्दा पेश गरेको हो । सो रिटमाथि अहिले चितवन जिल्ला अदालतको एक नम्बर इजलासमा थुनछेक बहस जारी छ । बहसका लागि तीनै जनालाई अदालतमा उपस्थित गराइएको छ ।

दश दिन थुनामा राखेर प्रहरीले अनुसन्धान पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो। तीन जनामध्ये सबैभन्दा पहिला अस्मिता कार्कीको बयान लिन शुरु गरेको छ। अस्मिताको बयान आज नसकिए भोलि निरन्तर हुनेछ । त्यसपछि रवि र युवाराजको बयान हुनेछ । अनि मात्र थुनछेक बहस हुने र बहसपछि अदालतले साधरण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने मध्ये एउटा आदेश दिनेछ ।

साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडाशैनीले मर्नुअघि एउटा भिडियो बनाएका थिए । जसमा तीनै जनाको कारण मर्न बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

अदालतभित्र बहज जारी रहेका बेला बाहिर भने रविका समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ । उनीहरूले रविको रिहाइको माग गरेका छन् । रवि पक्राउ परेकै दिनदेखि चितवन, काठमाडौं सहित देशका विभिन्न भागमा विरोध प्रदर्शन भइरहेको छ ।

Logo