रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

केन्द्रबिन्दु
0
Shares

संचारकर्मी रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् ।

बिहिबार पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो । उनीहरुलाई हिजो काठमाडौँबाट पक्राउ गरि राति चितवन पुर्याइएको थियो ।

यसैबीच चितवन प्रहरी कार्यालय अगाडि रविका समर्थकहरुले नाराबाजी गरेका थिए । उनीहरुले अनुसन्धानपूर्व नै भिडियो सार्वजनिक गरिएको भन्दै चितवन प्रहरी प्रमुख र गृहमन्त्रीको राजिनामा मागेका थिए ।

पुडासैनीको शव चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । बिहिबार नै पुडासैनीको भिडियो फुटेज सार्वजनिक भएपछि प्रहरीले रविसहित ३ जनालाई पक्राउ गरि अनुसन्धान थालेको हो।

 

Logo