काठमाडौं । चालु आर्थिक वर्षदेखि लागू हुने गरी बढेको तलबमान सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नयाँ तलबमान सार्वजनिक गरेको हो ।
सार्वजनिक तलबमानमा निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सरकारी कोषबाट सेवासुविधा लिने सबैको तलबमानबारे उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको नयाँ तलबमापन अनुसार एसएलसी उत्तीर्ण प्रथम श्रेणीको शिक्षक र एमबीबीएस (आठौं तह) डाक्टरको तलबमान बराबर छ । मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ रुपैयाँ तलबमान पुगेको छ ।
त्यस्तै प्रधान सेनापतीको नयाँ तलबमान ६९ हजार ४८२ रुपैयाँ हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको तलब भने समान ६४ हजार ७२६ रुपैयाँ छ । त्यस्तै स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौको तलब पनि आइजीपी समान छ ।
संसद सेवा अन्तर्गत राजपत्रांकित कर्मचारी विशिष्टको तलब पनि समान ६४ हजार ७२६ रुपैयाँ नै रहेको छ । सामुदायिक विद्यालयमा कार्यरत माध्यमिक तह प्रथम श्रेणीको शिक्षकको तलब ५६ हजार ८५४ रुपैयाँ पुगेको छ । प्रदेश तथा स्थानीय तह अन्तर्गत अधिकृत एघारौं तहको तलब भने ५९ हजार ३५ रुपैयाँ पुगेको छ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Salary-2076_20190804012625.pdf& title=”Salary 2076_20190804012625″]





























प्रतिक्रिया