१५ सय नेपाली हज गर्न साउदी जादै, पहिलो टोलीको बिदाई

१५ सय नेपाली हज गर्न साउदी जादै, पहिलो टोलीको बिदाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साउदी अरबमा हज गर्न जाने पहिलो नेपाली टोलीको विदाई गरिएको छ । बिहीबार बिहान १५६ सदस्यीय पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिएको हो ।

टोलीको विदाई गृहमन्त्री रामबहादुर थापाले गरेका हुन् । बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरी, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।

यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जानेछन् । अघिल्लो वर्ष १२ सय जना गएका थिए । यो वर्ष ३ सय कोटा बढाईएको हो । बिदाइ कार्यक्रममा गृहमन्त्री थापाले नेपाली हज टोलीको ३ सय कोटा बढाउन सरकार सफल भएको प्रतिक्रिया दिए ।

Logo