क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना

क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना


काठमाडौं ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्‍जाल फेसबुकमा आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।

आफूलाई दुई दिनदेखि ज्वरोसहितका लक्षण देखिएको बताउँदै परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएका हुन् । ‘आज बिहान मलाई कोरोना पुष्टि भएको छ, खड्काले भनेका छन्, अहिले म चिकित्सकहरुको निर्देशन अनुसार आवश्यक स्वास्थ्य मापदण्डसहित होम आइसोलेसनमा छु ।’ आफ्नो सम्पर्कमा रहेकाहरुलाई सर्तक रहन पनि उनले सल्लाह दिएका छन् ।

कोरोना संक्रमणका कारण उनी चितवनमा हुन लागेको गौतम बुद्ध क्रिकेट म्याचमा सहभागी हुन नपाउने भएका छन्।

Logo