दिदी बहिनी नभएका दाजु भाईले बालगोपालेश्वरमा यसरी लगाए भाइटीका[तस्विरमा हेर्नुहोस्]

दिदी बहिनी नभएका दाजु भाईले बालगोपालेश्वरमा यसरी लगाए भाइटीका[तस्विरमा हेर्नुहोस्]

बालगोपालेश्वर भाइटीका लगाउन दिनभर खुला रहने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आज भाइटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।

आज बिहानैदेखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ । दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ ।

बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एकपटक खुल्ने गर्दछ ।
दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।
भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको छ । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

तस्विरमा हेर्नुहोस्…..

Skip This
Skip This
Logo