झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी

झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी

केन्द्रबिन्दु
0
Shares

झापा ।

झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ ।

यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गरेको सो उद्योगमा आज आज बिहान आगलागी भएको थियो ।

आगलागी भए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश नं १ विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो । आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।रासस

Logo