काठमाडौं । सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बिबिसीको उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बेलायती प्रसारण संस्था बीबीसीले सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी परेकी हुन् । "/>

नेपालकी उमादेवी वादी बिबिसीको १०० प्रभावशाली महिलामा परिन्

नेपालकी उमादेवी वादी बिबिसीको १०० प्रभावशाली महिलामा परिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बिबिसीको उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बेलायती प्रसारण संस्था बीबीसीले सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी परेकी हुन् ।

५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी हुन्। बिबिसीले उनलाई अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ। बीबीसीले उनलाई १० औं नम्बरमा राखेको छ । 

यो सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन लगायत छन्।

बिबिसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । उनीहरूको जीवन कथा बिबिसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्ने गर्दछ ।

Logo