काठमाडौं । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाइएको हो ।
यो २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी दिएको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिवार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ । दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन रहेको उल्लेख छ ।





























प्रतिक्रिया