नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार शर्मा पक्राउ, कारागार चलान हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार शर्मा पक्राउ, कारागार चलान हुँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुर-१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

यसअघि भुटानी प्रकरणमा मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि प्रहरीले पक्राउ गरी कारागारमा पठाएको थियो। पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्णगृहसचिव टेकनारायण पाण्डे पनि भागेका थिए। उनीहरू भने कारागारमा आफैं उपस्थित भएका थिए।

Logo