तस्विरमा, कमलपोखरीको छठ रौनक

तस्विरमा, कमलपोखरीको छठ रौनक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । सोमबार कमलपोखरीको किनारमा बेहुली झैँ सिँगारेर बनाइएको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अब रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन हुनेछ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । सोमबार कमलपोखरीमा प्रधानमन्त्री सुशीला कार्की पनि छठ पर्वको पूजाआराधनामा सरिक भएकी थिइन् । त्यस क्रममा उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Skip This
Skip This
Logo