थापाथलीको ट्राफिक बिट तत्काल नभत्काउन सिडिओको पत्राचार

थापाथलीको ट्राफिक बिट तत्काल नभत्काउन सिडिओको पत्राचार

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभागको भवन तत्काल नभत्काउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले पत्राचार गरेका छन् ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली आइतबार बिहान डोजरसहित सम्पदा क्षेत्रमा अनधिकृत रूपमा बनेको भन्दै थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको संरचना भत्काउन पुगेको थियो। तर प्रहरी प्रभाग स्थानान्तरण गर्न समय लाग्ने भएकाले तत्काल संरचना नभत्काइदिन आग्रह गर्दै सिडिओको पत्राचारपछि महानगरको टोली फर्किएको छ।

यद्यपि, ट्राफिक प्रहरी प्रभाग रहेको छेउछाउका अन्य संरचनाहरू भने महानगर प्रहरीले भत्काएको छ ।

Logo