सुनसरीका किसानलाई सिँचाइ अभावले समस्या

सुनसरीका किसानलाई सिँचाइ अभावले समस्या

केन्द्रबिन्दु
15
Shares

इनरुवा। सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्ने किसानलाई सिँचाइ अभावले समस्या परेको छ। सदरमुकाम इनरुवा, भोक्राहा, हरिनगर र भोक्राहा क्षेत्रमा मकै तथा गहुँखेती गर्दै आएका किसानहरूले पानीको अभाव भोग्नुपरेको छ।

सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पानी नआएकाले सिँचाइमा समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताउनुभयो। कतिपय समयमा नहरमा पर्याप्त पानी भए पनि सिँचाइको बेला पानी नपुग्दा सात बिघामा लगाइएको मकैखेतीमा रु तीन लाख ५० हजार बराबरको लागतमा असर परेको छ।

किसान माधव भण्डारीका अनुसार नहरमा पर्याप्त पानी नआउँदा मकैको बोट सुक्न लागेको छ। शङ्करपुर शाखा नहरमा पालो प्रणालीअनुसार पानी उपलब्ध हुने भएकाले पर्याप्त सिँचाइ गर्न नसकिने अवस्था छ। हजारौँ हेक्टरमा लगाइएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेको भन्दै किसानहरूले पर्याप्त पानीको माग गरेका छन्।

जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रमा मकैखेती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए।

Logo