काठमाडौं । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी भएका दुई बालकको ज्यान गएको छ ।
बिहीबार मरेको बोइलर कुखुराको मासु खाँदा विरामी परेका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् ।
ब्रोइलर कुखुराको मासु खाँदा मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । हाल प्रहरीले स्थानीय विकास पोल्ट्री फार्मका सञ्चालक मंगल साउदसँग सोधपुछ गरेको छ ।





























प्रतिक्रिया