बैतडी ।
गएराति सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले जनाए अनुसार ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । राति १० बजेर २३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।
भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसित बनेका थिए ।





























प्रतिक्रिया