पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ८९ जना, ललितपुरबाट ५ जना र भक्तपुरबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै १७ जना फरार प्रतिवादी पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Logo