इजरायललाई सैन्य सहायता रोक्ने प्रस्तावमा १०० भन्दा बढी डेमोर्क्र्याट सांसदको समर्थन

इजरायललाई सैन्य सहायता रोक्ने प्रस्तावमा १०० भन्दा बढी डेमोर्क्र्याट सांसदको समर्थन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाका १०० भन्दा बढी डेमोर्क्र्याट सांसदले इजरायललाई दिइने अर्बौं डलरको सैन्य सहायता रोक्ने प्रस्तावका पक्षमा मतदान गरेका छन् । प्रस्ताव अन्ततः असफल भए पनि यसले इजरायलसम्बन्धी नीतिमा डेमोर्क्र्याटिक पार्टीभित्र बढ्दो मतभेदलाई उजागर गरेको छ ।

बुधबार रिपब्लिकन सांसद थोमस मासीले प्रस्तुत गरेको संशोधन प्रस्तावका पक्षमा १०३ डेमोर्क्र्याट सांसदले मतदान गरे । राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचक मानिने मासीले इजरायललाई दिइने अमेरिकी सैन्य सहयोगप्रति लामो समयदेखि प्रश्न उठाउँदै आएका छन् ।

प्रस्ताव अन्ततः ३१४ विरुद्ध १०४ मतले अस्वीकृत भयो । ९८ डेमोर्क्र्याट सांसदले यसको विपक्षमा मतदान गरे । १० जना तटस्थ रहे । प्रगतिशील डेमोर्क्र्याटले यो मतदानलाई आफ्नो पक्षमा आएको ऐतिहासिक परिवर्तनका रूपमा व्याख्या गरेका छन् । पहिलोपटक प्रतिनिधिसभाका बहुसंख्यक डेमोर्क्र्याट सांसदले इजरायललाई अर्बौं डलरको सैन्य सहायता रोक्ने पक्षमा मत दिएका उनीहरूले बताएका छन् ।

पार्टीभित्र मत विभाजन हुने सम्भावना देखिएपछि डेमोर्क्र्याटिक नेतृत्वले आफ्ना सांसदलाई कुनै निश्चित पक्षमा मतदान गर्न निर्देशन दिएको थिएन । दुई वर्षअघि यस्तै प्रस्तावमा ३७ डेमोर्क्र्याट सांसदले मात्र समर्थन गरेका थिए ।

Logo