काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित बुधबार एक जनालाई पक्राउ गरेको छ ।
पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीले मनमैजुबाट वास्तविक नम्बर प्लेट परिवर्तन गरी कालो रंगको २२० सीसीको पल्सल मोटरसाइकल चलाइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका घर भई जरंखु बस्ने ३३ वर्षीय विष्णु तामाङ रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तामाङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।





























प्रतिक्रिया