दुर्घटना हुँदा युवतीकाे मृत्यु

दुर्घटना हुँदा युवतीकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य रहेका छन् । इलामबाट झापातर्फ जाँदै गरेको को१८प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन् ।

घाइते दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रक चालक पाँचथर हिलिहाङ–७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

Logo