संबैधानिक इजलासमा अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा आफ्नो राय दिने भएको छ ।
गत मंगलबारदेखि एमिकस क्युरीको बहस जारी छ । एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउनेछ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदैछ ।





























प्रतिक्रिया