आज पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

आज पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

केन्द्रबिन्दु
0
Shares

स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभरका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हाल देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आज अपराह्नपछि पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार र मंगलबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आइतबार

दिउँसो देशको पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार

दिउँसो सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार

दिउँसो देशको पहाडी भागहरुमा आंशिक बदली रही देशको बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Logo