नेपालमा आज १६२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १६२ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ। आज १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४९३ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ। 

आज कसैको पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ। नेपालमा हालसम्म २२ लाख ७१ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo