नेपालमा आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ३०३ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ। आज ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ। 

आज १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ। नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo