नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १२३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख १२ हजार ६९९ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २०९ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ।

आज १७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ। नेपालमा हालसम्म २४ लाख ४५ हजार ९६८ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १४ हजार ८३४ को परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार आज उपत्यकामा २ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ । आज भक्तपुरमा २३२, ललितपुर ३५१ र काठमाडौंमा १ हजार ४६४ जनामा कोरोना देखिएको छ।

Logo