पत्रकारलाई स्वास्थ्य सतर्कता पालना गरेर कार्यक्षेत्रमा खटिन अध्यक्ष पोखरेलको अनुरोध

पत्रकारलाई स्वास्थ्य सतर्कता पालना गरेर कार्यक्षेत्रमा खटिन अध्यक्ष पोखरेलको अनुरोध

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध गरेका छन्।

सभापति पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भएपनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरुलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि अनुरोध गरेका छन् । उनले कोरोनाको कारण देखाएर कुनैपनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे। 

महासंघले कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न  सञ्चारगृहहरुलाई आग्रह गरे । उनले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

उनले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहोरिन नदिन महासंघले काम गरिरहेको बताए। पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरुका लागि तत्काल गर्नुपर्ने काम र दीगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।

Logo