अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न स्वास्थ्य मन्त्रालयको निर्देशन

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ। मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई  काम गर्न निर्देशन दिएको हो। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आइतबार मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ।  

मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ। ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकता अनुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए।

Logo