अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ। आज बिहानैदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा मेघ गर्जनसहित पानी परेको मौसमविद्हरुले बताएका छन्।
अहिले वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको छ। काठमाडौं, मकवानपुर, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, चितवनलगायतका क्षेत्रमा यतिबेला पानी परिरहेको छ। यस्तै तराईका केही जिल्लामा पनि पानी पर्ने सम्भावना रहेको छ। देशभरिकै मौसम यतिबेला बद्ली भएको छ।
पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो। आज राति पनि केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ।





























प्रतिक्रिया