काभ्रे ।
काभ्रे जिल्लामा विहिबार एकैदिन ३१ जना कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ । नयाँ थपिएका ३१ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार १६८ पुगेको छ ।
गत हप्ता मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका थिए भने आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिए थिए भने हिजो बुधबार ४० जना नयाँ संक्रमित थपिएका हुन्। आज ३१ जना थपिए ।
जसमध्ये ६३७ जना निको भएका छन् । जिल्लामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ६ जना, बनेपाका १९, पाँचखालका १ जना र पनौतीका ५ जना रहेका छन् । आज मृत्यु हुनेमा बनेपाका ५० वर्षिय र ७० वर्षिय पुरुष रहेका छन् ।






























प्रतिक्रिया