निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ। दुई हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपासपछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए।
नेपाः हिमा ट्रेड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए।
चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुई हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुँदै राजधानी ल्याइने बताइएको छ।





























प्रतिक्रिया