कोभिड–१९ को सङ्क्रमणका कारण भक्तपुरमा सोमबार एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले उनीहरुको मृत्यु भएको जानकारी दिए।
सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ।
दाङमा भने कोरोनाबाट नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीन,तीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एक,एक जनाको मृत्यु भएको कोरोना स्रोत व्यत्ति कमल चन्दले बताए।
वडा सदस्यको निधन
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ।
उनको आइतबार राति १२ बजे निधन भएको हो। उनी कमलपित्तबाट ग्रसित थिए।





























प्रतिक्रिया