अपडेटः भूकम्पले लमजुङमा घर भत्कियो, एक जना घाइते

अपडेटः भूकम्पले लमजुङमा घर भत्कियो, एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

आज बिहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पले केही ठाउँमा क्षति पुगेका समाचारहरु प्राप्त भएका छन् ।

लमजुङ जिल्लाको बेशिसहर नगरपालिकामा घर भत्किएर एकजना घाइते भएका छन्। 

मर्स्याङ्दीमा पनि भूकम्पले क्षति पुगेको छ। माटोले बनेका पुराना घरहरु भत्किएका हुन् । मानवीय क्षति भने भएको छैन । थप विवरण आउन बाँकी छ ।

आज बिहान ५.४२ बजे लमजुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो। भूकम्प गएको थाह पाए लगत्तै लमजुङमा भागाभाग भएको थियो । त्यसको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो।

याे पनि

एका बिहानै भूकम्पको धक्का महसुस

Logo