काभ्रेमा आज १४६ जना निको भए, १४१ संक्रमित थपिए

काभ्रेमा आज १४६ जना निको भए, १४१ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज १४१ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १४६ रहेको छ। आज ४१ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ५ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ९ हजार ९५३ पुगेको छ। जसमा २ हजार ८० जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै निको हुनेको संख्या ७ हजार ७२६ र मृत्यु हुनेको संख्या २०४ पुगेको छ।

Logo