काठमाडौं उपत्यकामा आज १ हजार २२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार २२६ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १ हजार २२६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका ८३६ जना, भक्तपुरका १२१ र ललितपुरका २६९ जना छन्।  

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ।

नेपालमा आज ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार २८३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ। 

आज १०८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।

आज १७ हजार ६५६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ जनाको पीसीआर र ८१ हजार ४६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo